काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन
बैशाख १२, २०८१ बुधबार
नवलपरासी – कावासोती–१६ डण्डामा बुधबार राति बस र बोलेरो जीप एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । अन्य ९ जना घाइते भएका छन् ।
काठमाण्डौबाट पश्चिमका लागि छुटेकोे ना ७ ख ५८१५ नम्बरको बस र लु २ च ६०७० नम्बरको केरा लोड भएको बोलेरो जीप एक आपसमा ठोक्किँदा बोलेरो जीप चालक नवलपरासी पश्चिम जमुनिया घर भएका २४ वर्षीय बलियार सुनारको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा भरतपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन रानाभाटले बताउनुभयो ।
दुर्घटनामा बोलेरोमा सवार एक जना र बसमा सवार ८ जना गरी ९ जना सामान्य घाइते भएको प्रहरी नायव उपरीक्षक रानाभाटले बताउनुभयो ।