लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका केही ठाउँमा आज हुरीबत...
बैशाख ६, २०८१ बिहिबार
स्याङ्जा - हरिनास गाउँपालिका–५ वलिकोटका २९ वर्षीय महेन्द्रबहादुर आलेको हत्यामा संलग्न भएको भन्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिनास-६ का २३ वर्षीय नरेश मानन्धर, ३० वर्षीय मातृका मानन्धर, १९ वर्षीय बिमल मानन्धर, २८ वर्षीय अमृत मानन्धर र १९ वर्षीय धर्म मानन्धर रहेका प्रहरीले जानकारी दिएकाे छ । उनीहरुलाई जिल्लाका विभिन्न भागबाट नियन्त्रणमा लिइएको हो ।
बुधबार राति एक आपसमा झगडा पछि भएको कुटपिटबाट आलेको घटनास्थलमै ज्यान गएको थियाे ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नबिनकृष्ण भण्डारीका अनुसार घटनालगत्तै जिल्ला प्रहरी कार्यालय स्याङ्जा, इलाका प्रहरी कार्यालय चिसापानी, इलाका प्रहरी कार्यालय रत्नपुरको प्रहरी टोलीले घटनामा संलग्न ५ जनालाई पक्राउ गरिएको हाे ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।