युरोकप छनोट : बेल्जियमको फराकिलो जित

 असोज २४, २०७६ शुक्रबार ७:३३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोकप छनोट अन्तर्गत बिहीबार राति भएको खेलमा बेल्जियमले सानमारिनोमाथि ९–० गोल अन्तरको फराकिलो जित निकालेको छ ।

समूह आई मा रहेको बेल्जियममा जारी छनोटको लगातार सातौं जित पनि हो । २१ अंकसहित शीर्ष स्थानमा रहेको बेल्जियम युरोकपका लागि छनोट पनि भएको छ । दोस्रो स्थानमा रहेको रुसको १८ अंक छ भने तेस्रो स्थानमा रहेको साईप्रसको १० अंक रहेको छ । 

बिहीबार राति बेल्जियमम सानमारिनो माथि ९–० को जीत दर्ता गर्दा रोमेलो लुकाकुले २ गोल गरेका थिए । लुकाकुले २८ औं र ४१ औं मिनेटमा व्यक्तिगत २ गोल गरेका हुन् ।

नसार चाड्लीले ३१ औं मिनेटमा गोल गर्दा सानमारिनोका क्रिष्टियन ब्रोलीले ३५ औं मिनेटमा आत्मघाति गोल गरेका थिए । ४६ औं मिनेटमा युरी टाइलमेनले गोल गर्दै पहिलो हाफमा ६–० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा बेल्जियमले तीन गोल थपेको थियो ।

७९ औं मिनेटमा क्रिष्टिन बेनटेकले गोल गर्दै ७–० को अग्रता दिलाउँदा यारी भर्सेकेनले पेनाल्टीमार्फत ८४ औं मिनेटमा बेल्जियमका लागि ८ औं गोल गरे । ९० औं मिनेटमा टिमोटीले गोल थप्दै ९–० को जित दिलाए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया