१० वर्षपछि युराे कप छनाेटमा इंग्ल्याण्डकाे हार, चेक रिपब्लिकसँग २-१ ले पराजित

 असोज २५, २०७६ शनिबार ६:५२:३७ | एजेन्सी
unn.prixa.net

युरो कप छनोटमा इंग्ल्याण्डले १० वर्षपछि हार बेहोरेको छ । शुक्रबार राति भएको खेलमा इंग्ल्याण्ड चेक रिपब्लिकसँग २-१ ले पराजित भएको हो । योसँगै इंग्ल्याण्डको ४३ खेलसम्मको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ ।

शुक्रबार राति भएको खेलमा इंग्ल्याण्डले पहिले अग्रता लिएको थियो । इंग्ल्याण्डका ह्यारी केनले पाँचौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

तर त्यसको चार मिनेटपछि नै चेक रिपब्लिकले बराबरी गोल गरेको थियो । ज्याक ब्रेडबेकले चेकका लागि बराबरी गोल गरेका हुन् । पहिलो हाफ एक-एक गोलको बराबरी खेलेको चेक रिपब्लिकले ८५ औं मिनेटमा निर्णायक गोल थपेको थियो । जसमा जेडनेकले गोल गरेका थिए ।

हारपछि पनि इंग्ल्यान्ड ५ खेलबाट १२ अंक जोडेर समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ । चेक ६ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । कोसोभो ८ अंकसहित तेस्रो, ३ अंक जोडेको मोन्टेनेग्रो चौथो तथा बुल्गेरिया ३ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया