चेन्नई कनेक्सन : भारत–चीन सम्बन्धमा नयाँ आयाम

 असोज २५, २०७६ शनिबार १३:४१:३९ | एजेन्सी
unn.prixa.net

तमिलनाडु राज्यको महाबलीपुरम(ममल्लापुरम) मा भएको चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको अनौपचारिक शिखर वार्ताले भारत–चीन सम्बन्धमा नयाँ आयाम थपेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच झण्डै एक घण्टा कुराकानी भएको थियो । एक घण्टासम्म भएको वार्तापछि दुई देशबीचको सम्बन्धलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘चेन्नई कनेक्ट’ नाम दिनु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो २ हजार वर्षको कालखण्डमा दुवै देश आर्थिक महाशक्ति रहेको र फेरि एक पटक त्यसैतर्फ अगाडि बढेको बताउनुभयो ।

पछिल्लो वर्ष वुहान बैठकलाई उल्लेख गर्दै मतभेदलाई विवादको विषय बन्न नदिने मोदीले भन्नुभयो । साथै एक अर्काको चिन्ताको पनि दुवै देशले सम्बोधन गर्ने उहाँले बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले द्विपक्षीय मुद्दामा कुराकानी भएको बताउनुभयो ।

तमिलनाडुको कोवलममा रहेको फिशरम्यान कोव रिजोर्टमा मोदी र सीबीच बन्द कोठादेखि समुन्द्री किनारासम्म कुराकानी भएको थियो । त्यसपछि भारतीय प्रधानमन्त्री मोदी नेतृत्वको प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो । वार्ता टोलीमा भारतीय विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल पनि सहभागी थिए ।

त्यस्तै चिनियाँ राष्ट्रपति सी जिनपिङको भारतको आतिथ्यले आफू अभिभूत भएको बताउनुभयो । चिनियाँ सञ्चार माध्यमले दुई देशको सम्बन्धका बारेमा धेरै लेखेको बताउँदै गएको वर्ष वुहान बैठकको श्रेय प्रधानमन्त्री मोदीलाई जाने राष्ट्रपति सीले बताउनुभयो । 

शुक्रबार पनि रात्रिभोजका क्रममा पनि दुई नेताबीच झण्डै साढे दुई घण्टा कुराकानी भएको थियो । 

भारतको दुईदिने भ्रमणपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार दिउँसो नेपालको दुईदिने राजकीय भ्रमणमा आउनु हुँदैछ । 

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया