जापानमा शक्तिशाली आँधी : कम्तीमा पाँच जनाको ज्यान गयो

 असोज २६, २०७६ आइतबार ६:५१:२९ | एजेन्सी
unn.prixa.net

मुसलधारे वर्षासहितको आँधीका कारण जापानमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । आँधीका कारण दर्जन मानिस सम्पर्कविहीन भएका छन् भने कयौँ मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

६० वर्ष यताकै ठूलो वर्षा र आँधीको प्रभावले पाँच जनाको ज्यान गएको क्योदो न्यूज एजेन्सीले उल्लेख गरेको बीबीसीले जनाएको छ । राजधानी टोकियोको दक्षिण पश्चिम इजु प्रायद्वीपमा बढी पानी परेको छ । अहिले यो आँधी प्रतिघण्टा २ सय २५ किलोमीटरगतिमा पूर्वी तटिय क्षेत्रमा अघि बढी रहेको खबरमा उल्लेख छ । 

आँधीका कारण २ लाख ७० हजार भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको छ । आँधीका कारण बाढी र पहिरोको जोखिम रहेको भन्दै ७ लाख मानिसलाई सुरक्षित ठाउँमा जान भनिए पनि ५० हजार जति मात्रै सुरक्षित ठाउँमा गएका खबरमा उल्लेख छ । 

जापानको मौसम पूर्वानुमान गर्ने निकायले आइतबार पनि आँधीको प्रभाव पर्ने जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया