युरोकप फुटबलमा पोल्याण्डको स्थान सुरक्षित

 असोज २७, २०७६ सोमबार ९:१६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

नर्थ मासेडोनियाविरुद्ध २-० को सहज जित निकालेसँगै पोल्याण्ड पनि सन् २०२० मा हुने युरोकप फुटबलका लागि स्थान सुरक्षित गरेको छ ।

बेल्जियम र इटलीसँगै पोल्यान्ड छनोट चरण पार गर्ने तेस्रो टिम बनेको छ । समूह जीबाट २ खेल बाँकी छँदै उसले छनोटको यात्रा निश्चित गरेको हो ।

गए राति भएको खेलमा बार्यन म्यूनिखका सुपरस्टार रोवर्ट लेबान्डोस्की प्रेरित पोल्यान्डले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफको अन्त्यतिर दुई गोल गर्न सफल रह्यो । दुवै गोलका लागि लेबान्डोस्कीले पास उपलब्ध गराएका थिए ।

७४ औं मिनेटमा प्राजेन्सलाम फ्रान्स्कोस्की र ८० औं मिनेटमा आर्काडियुज मिलिकले गोल गरी युरोकप छनोट निश्चित गरेका हुन् ।

समूहमा ८ खेलबाट पोल्यान्डको १९ अंक भएको छ । यो समूहमा दोस्रो स्थानमा रहेको अस्ट्रियाको १६ अंक छ । गए राति नै अस्ट्रियाले पनि स्लोभेनियामाथि १-० को संघर्षपूर्ण जित निकालेको थियो ।

समान ११ अंकसहित नर्थ मासेडोनिया र स्लोभेनिया क्रमसः तेस्रो र चौथो स्थानमा छन् । यस समूहबाट इजरायल र लात्भिया यसअघि नै बाहिरिइसकेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया