कमला नदीको किनारमा बम भेटियो

 असोज २७, २०७६ सोमबार ११:१३:५५ | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा – धनुषा र सिरहा छुट्याउने कमला नदीको किनारमा सकेट बम भेटिएको छ । सिरहा करजन्हा नगरपालिका–३ कमला खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा  सोमबार बिहान बम भेटिएको हो ।

कमला नदीमा बालुवा चाल्ने मजदुरले बालुवा चाल्ने क्रममा बम जस्तो बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खिया लागेको र पुरानो जस्तो भएकोले बम नदीमा बगेर आएको हुन सक्ने इलाका प्रहरी कर्यालय मिर्चैयाका प्रमुख डीएसपी सुखदेव खनालले जानकारी दिनुभयो । उहाँले बम कुनै समूह वा व्यक्तिले नराखी बाढीमा बगेर आएको हुनसक्ने बताउनुभयो ।

खोलामा भेटिएको बम डिस्पोजको लागि सिरहाको चोहर्वामा रहेको नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको डीएसपी खनालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया