गांगुली बीसीसीआईको अध्यक्ष बन्ने सम्भावना

 असोज २७, २०७६ सोमबार ११:३०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट टीमका पूर्व कप्तान सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को अध्यक्ष बन्ने सम्भावना बढेको छ । गांगुलीले सोमबार बीसीसीआईको अध्यक्ष पदका लागि उम्मेद्वारी दिने तयारीमा छन् ।

बीसीसीआईको अध्यक्षका लागि उम्मेद्वारी दिने समय सोमबारसम्म छ । अध्यक्षका लागि अरुले उम्मेद्वारी दिने सम्भावना नरहेकाले गांगुली निर्विरोध निर्वाचित हुने लगभग निश्चित जस्तै रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यस्तै, गुजरात क्रिकेट एसोसियसनका अध्यक्ष जय साह बीसीसीआईको सचिव बन्ने सम्भावना रहेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी भाजपाका अध्यक्ष तथा भारतीय गृहमन्त्री अमित साहका छोरा हुन् । 

सोमबार बीसीसीआईको अध्यक्ष र सँयुक्त सचिवसहित पाँच पदका लागि उम्मेद्वारी दर्ता गर्ने अन्तिम दिन हो । बीसीसीआईको नयाँ कार्यसमितिको चुनाब कात्तिक ६ गते हुनेछ ।

यस्तै, इण्डियन प्रिमियर लिग आईपीएलको अध्यक्ष पदमा भारतका पूर्व ब्याट्सम्यान तथा प्रशासक बृजेश पटेल नियुक्त हुने सम्भावना बढेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया