एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने
बैशाख ६, २०८१ बिहिबार
दाङ – दाङको देउखुरीना अरिङ्गालले टोक्दा एक जनाको ज्यान गएको छ ।
राप्ती गाउँपालिका ९ जाबुने बस्ने ४० वर्षीय घनश्याम बरालको अरिङ्गालले टोक्दा ज्यान गएको हो । बनमा घाँस काट्ने क्रममा अरिङ्गालको गोलो भत्किएपछि अरिङ्गालले बराललाई टोकेको थियो ।
अरिङ्गालको टोकाइबाट बिरामी हुनुभएका बरालको उपचारको क्रममा आइतबार राति ज्यान गएको राप्ती गाउँपालिका ९ का वडाध्यक्ष रिमबहादुर सुनारीले जानकारी दिनुभयो ।