कश्मीरमा ७२ दिनपछि मोबाइल सेवा सुरु

 असोज २७, २०७६ सोमबार १५:२:३४ | एजेन्सी
unn.prixa.net

भारत प्रशासित कश्मीरमा ७२ दिनपछि मोबाइल सेवा सुरु गरिएको छ । 

गएको अगष्ट ५ मा भारत सरकारले कश्मीरलाई विशेष राज्यको दर्जा दिने धारा ३७० खारेज गरेसँगै कश्मीरमा मोबाइल फोन सेवा, ल्याण्डलाइन र इन्टरनेट बन्द गरिएको थियो । 

मोबाइल फोन सेवा सुरु भएसँगै झण्डै ४० लाख पोस्टपेड मोबाइल सेवा प्रयोगकर्ता पुनः सञ्चारमा जोडिने अनुमान गरिएको छ । यद्यपि प्रिपेड मोबाइल सेवा प्रयोगर्ताका लागि भने सञ्चार सेवा सुरु गरिएको छैन । 

यद्यपि इन्टरनेट सेवा भने बन्द हुनसक्ने जनाइएको छ । 

अधिकारीहरुका अनुसार गएको पछिल्लो महिनादेखि ८० प्रतिशत ल्याण्डलाइनले काम गर्न सुरु गरिसकेका थिए तर धेरै मानिसहरुसँग ल्याण्डलाइनको सम्पर्क पनि छैन । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि दुई महिनाभन्दा बढी समयपछि परिवार र साथीहरुसँग सम्पर्क गर्न सम्भव भएको भन्दै खुशी व्यक्त गरेका छन् । 

गन्देरबल जिल्लाका डा. सइद जहूर गीलानीले सोमबार दिउँसोदेखि आफ्नो मोबाइल सेवाले काम गर्न थालेको बताए । ‘मैले पहिलो फोन श्रीमतीलाई गरेको थियो तर उनको मोबाइल सेवा प्रदायकले सञ्चार सेवा सुरु नगरेका कारण कुरा हुन सकेन’, उनले भने । 
तर गीलानीले हैदराबादमा रहेका आफन्तहरुसँग सम्पर्क भएपछि कुरा गरेको बताए । 

सञ्चार क्षेत्रमा लगाइएको प्रतिबन्धका कारण कश्मीरमा मात्रै १ दशमलव ४ बिलियन डलर घाटा भएको र हजारौँले जागिर गुमाउनु परेको कश्मीर चेम्बर अफ् कमर्सले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया