भारतीय मूलका अभिजीत बनर्जीसँगै तीन जनालाई यस वर्षकाे अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार

 असोज २७, २०७६ सोमबार १६:३९:४३ | एजेन्सी
unn.prixa.net

यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार तीन जनालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । 

भारतीय मूलका अमेरिकी अर्थशास्त्री अभिजीत बनर्जीसँगै एस्थर डफ्लो र माइकल क्रेमरलाई संयुक्त रुपमा यो सम्मान दिने घोषणा गरिएको छ । 

यी तीनै जनालाई विश्वभरिको गरिबी हटाउनको लागि प्रयोगात्मक अनुसन्धानमा पहल गरेको सम्मानमा यो पुरस्कार दिन लागिएको हो । गएको दुई दशकमा यो अनुसन्धानको सबैभन्दा धेरै भूमिका रहेको छ । 

विश्वभरि नै गरिबीको संख्या ७० करोडको हाराहारीमा रहेको बताइन्छ । 

अभिजीत बनर्जीको एक अध्ययनमा नै भारतमा विकलाङ्ग बालबालिकाको विद्यालय शिक्षाको व्यवस्था राम्रो बनाइएको छ । । जसका कारण झण्डै ५० लाख बालबालिकालाई फाइदा पुगेको छ । 

नोबेल पुरस्कार प्राप्त गर्ने तीन जनामा अभिजीत बनर्जीका साथै एस्थर डफ्लो पनि छन्, जो अर्थशास्त्र विधामा नोबेल पुरस्कार जित्ने सबैभन्दा कम उमेरकी महिला हुन् । साथै उनी अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने दोस्रो महिला पनि हुन् । 

पुरस्कारको घोषणा भएपछि एस्थरले पत्रकार सम्मेलनमा भनिन्, ‘महिलाहरु पनि सफल हुन सक्छन् । यसबाट धेरै महिलाहरुलाई प्रेरणा मिल्नेछ र धेरै पुरुषले महिलालाई सम्मान दिन सक्छन् ।’

कोलकाेता विश्वविद्यालयबाट सन् १९८१ मा बीएससी गरेको अभिजीतले सन् १९८३ मा जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) बाट स्नातकोत्तरको पढाइ पूरा गरेका थिए । उनले हार्वर्ड विश्वविद्यालयबाट पीएचडी गरेका थिए । 

अभिजीत बनर्जीको जेएनयू कनेक्शनलाई लिएर पनि सामाजिक सञ्जालमा चर्चा सुरु भैरहेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया