युक्रेनसँग पोर्चुगल पराजित, रोनाल्डोको ७ सय गोल पूरा

 असोज २८, २०७६ मंगलबार ८:४५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

२०२० को युरोकप छनोट अन्तर्गत पोर्चुगल युक्रेनसँग २–१ ले पराजित भएको छ । यो जितले युक्रेनले युरोकपमा स्थान बनाउँदा पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले ७ सय गोल पूरा गर्न सफल भए ।

३४ वर्षे रोनाल्डोले युक्रेनविरुद्ध पोर्चुगलका लागि एक मात्र गोल गरेका थिए । जुन उनको करियरको ७ सयौं गोल थियो । उनले यो गोल पेनाल्टीमा गरेका थिए । ९ सय ७३ खेलमा सात सय गोल पूरा गरेका रोनाल्डोले देशका लागि भने गोल संख्या ९५ पुर्‍याएका छन् ।

उनले सात सय गोल पूरा गरेसँग उनी ७ सय गोलको क्लबमा अटाएका छन् । तर उनीभन्दा अगाडी अझै ५ खेलाडी रहेका छन् ।

जसमा थोमस मुलरको ७ सय ३५, हंगेरीका फेरेन्स पुस्कासको ७ सय ४६, पेलेको ७ सय ६७, ब्राजिलकै रोमारियाको ७ सय ७२ गोल छ । फुटबलमा सर्वाधिक गोलको रेकर्ड जोसेफ विकानको नाममा रहेको छ । उनले ८ सय ५ गोल गरेका छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया