वुमन्स च्याम्पियन्स लिग ‘डब्लूसीएल’को ट्रफी सार्वजनिक

 असोज २८, २०७६ मंगलबार १६:१३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बुधबारदेखि काठमाण्डौमा सुरु हुन लागेको वुमन्स च्याम्पियन्स लिग डब्लूसीएलको विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको छ ।

क्वीन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा असोज २९ गतेबाट सुरु हुने प्रतियोगिताको विजेताले पाउने ट्रफीलाइ पाँच वटै टिमका मार्की खेलाडीले सार्वजनिक गरेका हुन् ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्वीन्स इभेन्ट्सले जनाएको छ । प्रबन्धक छुम्बी लामाले मैदान तयार भइसकेको बताउँदै बुधबारदेखि प्रतियोगिता सुरु हुने जानकारी दिनुभयाे ।

प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउने सार्वजनिक भइसकेको छ ।

यस्तै व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीले ५० हजार रुपैयाँ र एक थान टीभीएस स्कुटर पाउनेछन् । यस्तै बेष्ट बलर र बेष्ट ब्याटरले २५–२५ हजार रुपैयाँ तथा वुमन अफ दि म्याचले पाँच हजार रुपैयाँ हात पार्नेछन् ।

आउँदाे कार्तिक ७ गतेसम्म चल्ने प्रतियोगिताको पहिलो खेलमा क्याट क्वीन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा ललितपुर फाल्कन्स, पोखरा पल्टन, क्यापिटल्स रोयल्स काठमाण्डौ, चितवन राइनोज र विराटनगर टाइटन्सले सहभागिता जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया