प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावाफुटी शेर्पाले मंगलबार आ-आफ्नो पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
त्यस अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत विशिष्ट व्यक्ति उपस्थित हुनुहुन्थ्यो ।
यसअघि नेपालको संविधानको धारा २८२ बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा शेर्पालाई स्पेन र दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको थियो ।