स्पेन युरोकपमा स्थान बनाउन सफल, लिचेस्टाइनको पोस्टमा इटलीको ५ गोल

 असोज २९, २०७६ बुधबार ६:४२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

पूर्व च्याम्पियन स्पेन सन् २०२० को युरोकपमा छनोट भएको छ । मंगलबार राति भएको खेलमा स्विडेनसँग एक–एक गोलको बराबरी खेलेपछि स्पेन युरोकपमा स्थान बनाउन सफल भयो । 

समूह एफबाट युरोकपमा पुग्न स्पेनलाई एक अंकको खाँचो थियो । जसमा उसले अन्तिम समयमा गोल गर्दै स्विडेनलाई बराबरी गर्न सफल भयो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ५० औं मिनेटमा स्विडेनले खेलमा अग्रता बनायो । उसका लागि मार्कुस बेर्गले गोल गर्न सफल भए । 

त्यसपछि स्विडेनका रोबिन क्विसोनको प्रहारलाई स्पेनका गोलकिपर डेविड डी जियाले बचाए । तर खेलको इन्जरी समयको दोस्रो मिनेटमा स्पेनले खेल बराबरी गर्न सफल भयो । उसका लागि रोद्रिगोले गोल गरे । यो बराबरीले स्पेन २० अंकका साथ युरोकपमा स्थान बनाउन सफल भयो । यता स्विडेनको १५ अंक छ र उ तालिकाको दोस्रो स्थानमा छ । 

अर्को खेलमा यसअघि नै युरोकपमा स्थान बनाइसकेको इट्लीले लिचेस्टाइनको पोस्टमा पाँच गोल गर्न सफल भयो । उसको जितमा बेलोटीले २ गोल गरे । खेलको दोस्रो मिनेटमा बेर्नारदेस्चीको गोलबाट अग्रता बनाएको इटलीले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो । 

तर दोस्रो हाफमा उसले चार गोल थप्यो । ७० औं मिनेटमा बेलोटीले गोल गरे भने ७७ औं मिनेटमा रोमाग्नोलीले गोल गरे । यस्तै ८२ औं मिनेटमा एल सारावेले टिमका लागि चौथो गोल गर्दा खेलको इन्जुरी समयमा बेलोटीले ब्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गरे ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया