एनआरएनएको नयाँ नेतृत्वका लागि पन्त र आचार्य समूह प्रतिस्पर्धामा

 असोज २९, २०७६ बुधबार ११:१६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि बुधबार चुनाव हुँदैछ । 

नयाँ नेतृत्वको लागि दुई समूह प्रतिस्पर्धामा छन् । कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुन लागेको हो । पन्त समूहबाट उपाध्यक्षमा रसियाबाट डा. बद्री केसी, अफ्रिकाबाट हिक्मत थापा, अमेरिकाबाट सोनाम लामा, बेल्जियमबाट अर्जुनकुमार श्रेष्ठ र अष्ट्रेलियाबाट धर्मराज अधिकारी प्रतिस्पर्धामा छन् । 

यस्तै पन्त समूहले महासचिवमा बेलायत निवासी प्राध्यापक डा. हेमराज शर्मालाई अघि सारेको छ । सचिवमा अमेरिका निवासी गौरी जोशीबारे निर्णय गरेको भए पनि बेल्जियमका शिवकुमार बरुवाल र मध्यपूर्वका राजेन्द्रकुमार शर्मा मध्ये एकलाई लैजाने तयारी भैरहेको छ । 

संघका अहिलेका उपाध्यक्ष कुल आचार्यको समूहबाट पाँच उपाध्यक्षमा अमेरिकाबाट डा. केशव पौडेल, अष्ट्रेलियाबाट मन केसी, मध्यपूर्वबाट नरेन्द्र भाट र अमेरिकाबाट रबिना थापालाई अगाडि सारिएको छ । 

यस्तै महासचिवमा बेल्जियम बस्ने व्यवसायी जानकी गुरुङलाई अघि सारिएको छ । गुरुङ एनआरएनएकी वर्तमान सचिव हुनुहुन्छ ।  

चुनावका लागि झण्डै २५ सय मतदाता सहभागी हुनेछन् । संघको नयाँ नेतृत्वका लागि हरेक दुई/दुई वर्षमा चुनाव हुने गरेको छ । सम्मेलनमा ८१ देशका प्रतिनिधि सहभागी छन् । 

अन्तिम अपडेट: फागुन २७, २०८०

तपाईको प्रतिक्रिया