राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान

 असोज २९, २०७६ बुधबार १२:४३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा पाँच दिने राजकीय भ्रमणका लागि बुधबार दिउँसो म्यानमार प्रस्थान गर्नुभएको हो । त्यसपछि उहाँ म्यानमारबाटै जापानका सम्राट नारुहितोको राज्यभिषेक समारोहमा सहभागी हुन जापान प्रस्थान गर्नुहुनेछ । 

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्नुभएको थियो । राष्ट्रपति भण्डारीको बिदाइमा नेपाली सेनाले पनि सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीले म्यानमारको राजकीय भ्रमणमा रहँदा त्यहाँका राष्ट्रपति मिन्टसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ भने म्यानमारका स्टेट काउन्सलर आङसान सुकीसँग पनि भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी आउँदो कात्तिक ६ गते बुधबार बेलुका साढे ८ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया