नुवाकाेटमा बसले किच्दा एक जना बालककाे ज्यान गयाे, चालकलाई स्थानीयले कुटे

 असोज २९, २०७६ बुधबार १४:५७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

नुवाकोट - बुधबार दिउँसो गाडीले किच्दा नुवाकाेटमा एक जना बालकको ज्यान गएको छ । 

बट्टार बजारमा गाडीले किच्दा तारकेश्वर गाउँपालिका-५, गोर्स्याङ घर भएका ११ वर्षीय बालक युनिक तामाङको ज्यान गएको हो । 

केरुङ यातायात प्रालिको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा बालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेश थापाले जानकारी दिनुभयो । 

बालकलाई किचेर भाग्न खोजेको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर तोडफोड गरेका छन् । बसका चालक विदुर नगरपालिका-७, तुप्चेका राउता तामाङलाई स्थानीयले कुटेर सख्त घाइते बनाएको प्रहरीले जनाएको छ । 

मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भिड तितरबितर पार्न प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया