पारसले नेपालका लागि उत्कृष्ट इनिङ्स खेलेका छन्, मलाई पनि क्रिकेट सिकाएका छन् : राजदूत बेरी

 असोज २९, २०७६ बुधबार १५:२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पारस खड्काले राष्ट्रिय क्रिकेट टिमबाट कप्तानको जिम्मेवारी त्यागेपछि प्रतिक्रियाहरु आउने क्रम बढिरहेको छ । 

उनको यो निर्णयसँगै नेपाली फ्यानहरुले धन्यवाद दिइरहेका छन् । कतिपय फ्यानले भने पारसले कप्तानी त्यागेकोप्रति दुःख लागेको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया जनाइरहेका छन् । सामाजिक सञ्जालमा ह्यासट्याग 'थ्यांक यु पारस' अभियान नै चलेकाे छ ।  

यही सन्दर्भमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले पनि ह्यासट्याग 'थ्यांक यु पारस' ट्यागका साथ ट्वीट गर्दै नेपाली क्रिकेटका लागि पारसले कप्तानको रुपमा निभाएको भूमिकाको प्रशंसा गरेका छन् । 

राजदूत बेरीले ट्वीटमा भनेका छन्, ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारसले नेपालका लागि उत्कृष्ट इनिङ्स खेलेका छन् । उनको  उज्जवल भविष्यकाे कामना गर्दुछु । साथै मलाई क्रिकेटका बारेमा सिकाउने पारसलाई धन्यवाद दिन चाहन्छु ।’

सम्बन्धित समाचार

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया