सभामुख वा उपभामुखमध्ये एक कांग्रेसलाई चाहिन्छ : नेता पौडेल

 असोज २९, २०७६ बुधबार २०:२६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी दललाई नदिए सदन र सडकमा विरोध गर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैँ, तिहारलगायत पर्वका अवसरमा बुधबार भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै नेता पौडेलले संवैधानिक व्यवस्था र संसदीय अभ्यासका आधारमा ती दुवै पद एकै दलले लिन नहुने र प्रतिपक्षीलाई एक पद दिइनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, 'यो मान्यताविपरीत निर्णय भएमा हामी मान्दैनौँ, सदन र सडकमा विरोध गर्छाैं, सदनमा रहेका काङ्ग्रेस सांसदहरुले पनि लाछिपन देखाउनु हुँदैन ।'

एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपपछि सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि हाल त्याे पद रिक्त छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया