विप्लवका २१ जना नेता दाङबाट पक्राउ

 असोज ३०, २०७६ बिहिबार १०:२२:५४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूहको राप्ती ब्यूरो बैठक स्थलमा घेरा हालेर २१ जना नेता पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठोरको कमाण्डमा खटिएको प्रहरी टोलीले ६ जना केन्द्रीय सदस्यसहित २१ जना केन्द्र तहका नेता पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन ।

प्रहरीले बैठकमा सहभागी पार्टीका केन्द्रीय सदस्य एवम् कमाण्ड इञ्चार्ज वीरजंग, राप्ती ब्यूरो इञ्चार्ज सुवास, युवा संगठनका अध्यक्ष पाटनलगायत २१ जना नेता दाङको राजपुर गाउँपालिका–४ मुङ्रेटाखोलाबाट बुधबार राति पक्राउ गरेको हो ।

अन्तिम अपडेट: चैत २९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया