आरसीबी महिला सपोर्ट स्टाफ राख्ने आईपीएलको पहिलो टिम

 कात्तिक १, २०७६ शुक्रबार १०:५४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोर महिला सपोर्ट स्टाफ राख्ने पहिलो आईपीएल टिम बन्ने भएको छ ।

नवनिता गौतम आरसीबीको मसाज थेरापिस्टको रुपमा नियुक्त हुने भएपछि आरसीबीले यो इतिहास कायम गर्ने भएको हो ।

नवनिता मुख्य फिजियोथेरापिस्ट इवान स्पीचली र स्ट्रेन्थ तथा कन्डिशनिङ प्रशिक्षक शंकर बसुका साथ काम गर्नेछिन् । आरसीबीका अध्यक्ष सन्जीव चूरीवालाले नवनितालाई नियुक्त गर्दा इतिहास बनेकोमा खुसी व्यक्त गरे ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया