आजको माैसम : देशभर बदली, पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

 कात्तिक ४, २०७६ सोमबार १०:४०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अरब सागरको पूर्वीमध्य भागमा एउटा न्यूनचापीय प्रणाली विकशित भैरहेको र भारतको उत्तरप्रदेशमा अर्को न्यूनचापीय प्रणाली अवस्थित हुनुका साथै उत्तर पश्चिमी भारतमा पश्चिमी वायूको प्रभावका कारण मौसम बदली भएको मौसमविद्हरुले बताएका छन् । 

मौसममा आएको बदलीसँगै देशभर चिसो बढेको छ । महाशाखाका अनुसार सोमबार देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहने तथा पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ भने मध्य तथा पूर्वी हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

सोमबार राति पनि देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया