काठमाण्डौको बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ

 कात्तिक ४, २०७६ सोमबार १०:५३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् ।  सोमबार बिहान बौद्धको नयाँबस्तीबाट पक्राउ परेका उनीहरुको नाम भने खुलाइएको छैन ।  

पक्राउ परेकाको साथबाट  ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको काठमाण्डौ प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । उनीहरुमाथि अनुसन्धान भइरहेको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया