नेपाल र नेपालीकाे अर्काे सपना पूरा भएकाे छ : सन्दीप लामिछाने

 कात्तिक ४, २०७६ सोमबार १३:२५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले  ‘द हन्ड्रेड क्रिकेट’ प्रतियोगिता खेल्ने भएका छन् ।

आइतबार राति भएको ड्राफ्टमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले टिमले एक लाख पाउण्ड (एक करोड ४६ लाख नेपाली रुपैयाँ) मा खरिद गरेको छ । 
टिमले पहिलो राउण्डमा वेस्ट इण्डिजका सुनील नराइनले लिएको थियो भने दोस्रो राउण्डमा इंग्ल्याण्डका साम बिलिङ्स र नेपालका सन्दीपलाई छानेको थियो । 

बेलायत र वेल्समा आयोजना हुने प्रतियोगिता २०२० को जुलाई १७ तारिखदेखि अगस्ट १६ तारिखसम्म सञ्चालन हुनेछ ।

‘द हन्ड्रेड’मा छानिएपछि सन्दीप लामिछानेले सामाजिक सञ्जाल ट्वीटर मार्फत नेपाल र नेपालीकाे अर्को सपना पनि पूरा भएको उल्लेख गरेका छन् ।

सन्दीपले ट्वीटमा भनेका छन्, ‘नेपाल र सुन्दर नेपालीका लागि अर्काे सपना पूरा भएको छ । ओभल इन्भिन्सिबल्सको सदस्य हुन लाग्दा गर्ववान्वित भएको छु, मेरा लागि प्रार्थना गर्ने माया र सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया