ललितपुरका मेयर महर्जन अमेरिका भ्रमणमा
चैत ६, २०८० मंगलबार
आइतबार जम्मू-कश्मीरको कुपवारा जिल्लामा भएको गोलाबारीमा दुई जना गाेर्खा सैनिकको ज्यान गएकाे छ ।
आक्रमणमा परि एक जना नेपाली नागरिक र अर्काे एक जना नेपाली मूलका भारतीय सैनिकको ज्यान गएको छ ।
गोलीबारीमा गोर्खा रेजिमेन्टका जवान पदमबहादुर श्रेष्ठ र राइफल म्यान गमिलकुमार श्रेष्ठको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पदमबहादुर श्रेष्ठ आसामको गोलाघाटका हुन् । ज्यान गुमाउने जवान गमिलकुमार श्रेष्ठ नेपालको पाल्पा जिल्लाका रहेको खुल्न आएको छ ।
— NorthernComd.IA (@NorthernComd_IA) October 20, 2019
भारतीय सेनाले पाकिस्तानले युद्धविरामको उल्लंघन गर्दै गरेको गोलाबारीमा एक जना सर्वसाधारणसहित दुई सैनिकको ज्यान गएको बताएकाे छ ।
— ADG PI - INDIAN ARMY (@adgpi) October 20, 2019
भारतीय सेनाका प्रधान सेनापति जनरल विपिन रावतले दुई जना सैनिकको निधनलाई लिएर दुःख व्यक्त गरेका छन् ।
गएको अगष्ट ५ मा जम्मू-कश्मीरलाई विशेष राज्यको मान्यता दिने धारा ३७० खारेजपछि भारत-पाकिस्तानबीच तनाव बढ्दो छ । योसँगै भारत र पाकिस्तानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।