बंगलादेशकाे भारतसँगकाे क्रिकेट सिरिज निर्धारित समयमै हुने

 कात्तिक ७, २०७६ बिहिबार १७:१७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशले निर्धारित समयमै भारतविरुद्धको सिरिज खेल्ने भएको छ । बंगालदेशी टिमले भारत भ्रमण अघि बीसीबीसँग ११ बुँदे माग राखेर आन्दोलन शुरु गरेको थियो ।

बंगलादेश क्रिकेट बोर्ड बीसीबीले खेलाडीले राखेका ११ मध्ये ९ माग सम्बोधन गरेको छ । यसमा खेलाडीको म्याच फी बढाउने सहमति भएको छ ।

खेलाडी र बीसीबीका अधिकारीबीच २ घन्टा लामो छलफलमा सहमति भएपछि कप्तान शाकिब अल हसनले आन्दोलन फिर्ता लिएको बताएका थिए । बोर्डको बैठकमा शाकिबसँगै विकेटकीपर ब्याट्सम्यान मुश्फिकुर रहीम र तमीम इकबाल पनि सहभागी थिए ।

खेलाडीले सुरुमा ९ वटा माग राखे पनि बुधबार बिहान २ वटा माग थपिएको हो । यसमा प्लेयर्स एशोसिएशनको मान्यता दिनुपर्ने माग रहेको छ ।

बंगलादेश टिमले ३ नोभेम्बरदेखि भारत भ्रमण गर्दैछ । उसले तीन वटा टी-२० र २ वटा टेस्ट खेल्ने छ । खेलाडीको आन्दोलन फिर्तासँगै शुक्रबारदेखि खेलाडीको क्याम्प सुरु हुनेछ ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया