दाङमा जुवा खेल्दै गरेका बाह्र जना पक्राउ

 कात्तिक १०, २०७६ आइतबार ११:३४:५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा जुवा खेल्दै गरेका बाह्र जना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका-८, बेलुवाका सन्तोष कोरीको घरमा जुवा खेलिरहेको अवस्थामा बाह्र जनालाई  शनिबार राति पक्राउ गरिएको दाङका प्रहरी उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो । प्रक्राउ परेकाको साथबाट ३५ हजार, ६ सय ३० रुपैयाँ नगद बरामद गरिएको पनि शाहले जानकारी दिनुभयो ।    

त्यस्तै पाल्पाबाट पनि जुवा खेल्दै गरेका तेह्र जना पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका-७ बतासेबाट जुवा खेल्दै गरेका १३ जनासहित साढे ५ लाख रुपैयाँ नियन्त्रणमा लिएएको पाल्पाका प्रहरी निरीक्षक देबराज पौडेलले जानकारी दिनुभयो । पक्राउ परेकाहरु शिक्षक, व्यापारी र नेतासमेत रहेका प्रहरीले जनाएको छ ।

 


 

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया