विश्वकपको उपविजेता क्रोएसियालाई राजधानीमा भव्य स्वागत

 साउन १, २०७५ मंगलबार १२:३२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर उपविजेता बनेको क्रोएसियालाई राजधानी जाग्रेबमा समर्थकले भव्य स्वागत गरेका छन् ।

समर्थकको विशाल समूह क्रोएसियाको झण्डा तथा रातो र सेतो कोठे जर्सी लगाएर टिमको स्वागतमा उपस्थित थिए । फाइनलमा फ्रान्ससँग पराजित भएपनि समर्थकले ‘च्याम्पियन–च्याम्पियन’ भन्दै नारा लगाएका थिए ।

देशको फुटबल लागि अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि दिलाएका खेलाडीलाई जाग्रेबको सेन्ट्रल स्क्वायरमा जाग्रेब बाहिरबाट पनि उल्लेख्य मात्रा समर्थकको सहभागिता थियो । फ्यानहरुलाई जाग्रेब आउन सहज होस् भनेर रेलवे कम्पनीले टिकटको मूल्य आधा घटाएको थियो ।

छत नभएको बसमा सवार खेलाडीले नगर परिक्रमाका क्रममा समर्थकलाई अटोग्राफ दिएका थिए ।

क्रोएसियाका प्रधानमन्त्री एन्द्रे प्लेन्कोभिचले राष्ट्रलाई ठूलो उपलब्धि दिएकोमा गौरव व्यक्त गरे । ‘क्रोएसिया टिमले विश्वकपमा गरेको प्रदर्शनले हामीलाई गर्व लागेको छ । सुन्दर फुटबलका लागि धन्यवाद ।’ प्रधानमन्त्री प्लेन्कोभिचले ट्वीट गरे ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया