पाकिस्तानी प्रधानमन्त्री इमरानलाई विपक्षी पार्टीकाे अल्टिमेटम: २ दिनभित्र राजीनामा देऊ

 कात्तिक १६, २०७६ शनिबार १८:३०:५५ | एजेन्सी
unn.prixa.net

पाकिस्तानमा इमरान खानको सरकारको विरुद्धमा विपक्षी पार्टीले निकालेको आजादी मार्च सम्पन्न भएको छ । 

यसको नेतृत्व मौलाना फजलुर रहमान गरिरहेका छन्, जो जमीयत उलेमा ए इस्लाम (जेयूआई एफ) का अध्यक्ष हुन् । कराचीको सोहराब गोथबाट सुरु भएको पाँच दिने मार्च इस्लामावाद पुगेर सम्पन्न भएको थियो । 

मार्च सकिएपछि ठूलो संख्याको भिडलाई सम्बोधन गर्दै मौलाना फजलुर रहमानले इमरान खानलाई चेतावनी दिँदै दुई दिनभित्र प्रधानमन्त्रीको पद छोड्न अल्टिमेटम दिएका छन् । उनले इमरान खानको तुलना सोभियत संघका नेता ‘मिखाइल गोर्बाचेव’सँग गरेका छन् । 

मौलानाले भने, ‘पाकिस्तानका गोर्बाचेवले शान्तिपूर्ण प्रदर्शन गर्ने मानिसहरुको संयमताको परीक्षा नलिइकनै पदबाट राजीनामा दिनुपर्छ तर नतीजा भयावह हुनेछ ।’
साथै मौलानाले पाकिस्तानलाई चलाउने अधिकार कुनै सरकारी संस्थानको नभइ नागरिकहरुको भएको बताए । 

आजादी मार्चमा नवाज शरिफका भाइ शहबाज र पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो लगायत विपक्षी नेताहरुको पनि सहभागिता रहेको थियो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया