वर्षा र बदली भोलिसम्मै, पर्सि आइतबारदेखि मौसममा क्रमशः सुधार ...
चैत १६, २०८० शुक्रबार
सिन्धुली – दुधौली नगरपालिका–४ एकहटिया निवासी ३५ वर्षीय रितु सदा (मुसहर)ले ३२ वर्षीया श्रीमती आशा सदाको अनुहार उम्लिरहेको तेलमा डुबाएर गम्भीर घाइते बनाएका छन् ।
घरायसी विवादमा रितुले शनिबार राति श्रीमतीको अनुहार माछा तारिरहेको तेलमा डुबाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घाइते महिलाको स्थानीय मेडिकलमा सामान्य उपचारपछि आइतबार नै थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको र यहाँ पनि राम्रो उपचार नहुने भएपछि काठमाण्डौ पठाइएको छ ।
घटनापछि उनका श्रीमान रितु फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
महिलाको आर्थिक अवस्था निकै कमजोर रहेकाले काठमाण्डौसम्म जाने र टिचिङ हस्पिटलमा निःशुल्क उपचारको व्यवस्था मिलाएर पठाएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिनुभयो ।
शनिबार बेलुका रितु र आशाबीच घरायसी विवाद हुँदा झगडा भएको थियो । झगडाले उग्र रुप लिँदा रितुले श्रीमतीमाथि कुटपिट गरी माछा तार्न उमालिरहेको तेलमा अनुहार डुबाइदिएको आशाकी आमा मंगली सदाले बताउनुभयो ।