नयाँ शक्ति पार्टीले प्रधानमन्त्री ओलीको राजीनामा माग्याे

 साउन १, २०७५ मंगलबार १६:१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ ।

नयाँ शक्ति पार्टी, नेपालले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै प्रर्दशन गरेको हो । सरकारले संविधान विपरित, जनविरोधि गतिविधि गरेपछि आफूहरु सडक संघर्षमा उत्रन बाध्य हुनु परेको नयाँ शक्तिका नेता गंगा श्रेष्ठले बताउनुभयो । 

प्रर्दशनमा सरकारले महंगी नियन्त्रण गर्न नसकेको, नागरिक अधिकार हनन् हुने गरी काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्ने काम गरेको, मेडिकल माफियाहरुलाई प्रश्रय दिने प्रयास गरेको भन्दै चर्का नाराबाजी गरिएको थियो ।

नयाँ शक्ति पार्टी, नेपालले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गर्दै आएको छ । नेता श्रेष्ठले सरकारलाई एक्काईसौं शताब्दीका नागरिकको अधिकार हनन् हुने कुनै पनि गतिविधि नगर्न पनि चेतावनी दिनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया