भारतीय क्रिकेटर सचिन तेन्दुलकर युनिसेफको कार्यक्रममा नेपाल आउँदै

 कात्तिक २०, २०७६ बुधबार १३:४२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भारतका पूर्व-क्रिकेटर सचिन तेन्दुलकर युनिसेफको पाेषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउने भएका छन् ।

युनिसेफको सदभावना दूत रहेका सचिन नोभेम्बरकाे तेस्राे साताभित्र नेपाल आउने युनिसेफले जनाएकाे छ । उनी आउने मिति यकिन नभए पनि १६ तारिख वा २० र २२ तारिख आउने तयारी भइरहेकाे युनिसेफले जनाएकाे छ ।

उनी क्रिकेटभन्दा पनि युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी आउन लागेका हुन् । केहि घण्टाका लागि नेपाल आउन लागेका सचिनलाइ नेपाली खेलाडीले भेट्न भने पाउने छैनन् । त्यतिबेला नेपाली खेलाडी बंगलादेश र यूएईमा हुने भएकाले समय नमिल्ने भएकाे हाे ।

नेपालले बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स कपमा सहभागिता जनाउँदैछ भने पारस खड्का र सन्दीप लामिछाने यही समयमा टी-२० खेल्न यूएई जाँदैछन्। पारस नोभेम्बर ११ र सन्दीप नोभेम्बर १२ मा यट्ठएई जाँदैछन्।

यसअघि २०६९ सालमा भारतका पूर्वकप्तान महेन्द्रसिंंह धोनी नेपाल आएका थिए । दुई दिने भ्रमणका क्रममा धोनीले केही घन्टा कीर्तिपुर क्रिकेट मैदानमा बिताएका थिए।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया