एमसीसी र नेदरल्याण्ड्सविरुद्धको खेलका लागि नेपाली क्रिकेट टिमको अन्तिम सूची, को–को परे ?

 साउन १, २०७५ मंगलबार १७:४८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालले अन्तर्राष्ट्रिय मान्यता पाएपछिको पहिलो विदेश भ्रमणका लागि टिमको घोषणा गरेको छ । 

बेलायतमा हुन मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सविरुद्धको खेल र नेदरल्याण्ड्समा हुने घरेलु टिमविरुद्धको एकदिवसीय खेलका लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ । 

पारस खड्काको कप्तानीमा रहेको टिममा अनिल शाह, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल रहेका छन ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान खड्का र आईसीसी प्रतिनिधि अनिमुल इस्लामले छनौट गरेको टिमको उप कप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन् । यसैगरी लामो समय पछि कमब्याक गर्न लागेका सुवास खकुरेल पनि अन्तिम १५ मा परेका छन् । प्रारम्भिक टोलीमा परेका प्रदीप ऐरी र विनोद भण्डारी भने अतिरिक्त खेलाडीको सूचीमा पर्दा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने हरि क्षेत्री भने टिममा अटाएका छैनन् ।

त्यस्तै अतिरिक्त खेलाडीको रुपमा विनोद भण्डारी, प्रदीप ऐरी, सुसान भारी र सुनिल धमला रहेका छन् ।

नेपालले यही जुलाई २९ तारिखमा लर्ड्समा  त्रिकोणात्मक श्रृखंला खेल्नेछ । टी–२० फरम्याटमा हुने प्रतियोगितामा नेपालसहित एमसीसी र डच टिमको सहभागिता रहेको छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिएको छ । 

नेपाली टिम दुई एकदिवसीय खेलका लागि नेदरल्याण्ड्स जानेछ । जहाँ नेपालले घरेलु टिमसँग अगष्ट १ र ३ मा दुई खेल खेल्नेछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया