गान्धी परिवारले पाउँदै आएकाे विशेष सुरक्षा फिर्ता लिइने

 कात्तिक २२, २०७६ शुक्रबार १७:१९:६ | एजेन्सी
unn.prixa.net

भारतको केन्द्र सरकारले शुक्रबार कांग्रेस अध्यक्ष सोनिया गान्धी, राहुल गान्धी र प्रियंका गान्धी वाड्राको एसपीजी (विशेष सुरक्षा समूह) सुरक्षा हटाउने फैसला गरेको छ ।

यी तीनै जनाको चरणबद्ध रुपमा एसपीजी सुरक्षा हटाइनेछ । पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यापछि पूरै गान्धी परिवारलाई एसपीजी सुरक्षा कभर दिने फैसला गरिएको थियो । 

जानकारीका अनुसार गृह मन्त्रालयको सुरक्षा समीक्षा कमिटीको बैठकले यो निर्णय लिएको हो । कमिटीको सिफरिसपछि अब गान्धी परिवारका सदस्यलाई एसपीजीको सट्टा सीआरपीएफ (केन्द्र आरक्षित प्रहरी बल) को जेड प्लस सुरक्षा प्रदान गरिनेछ । 

गृह मन्त्रालयको बैठकमा गान्धी परिवारको सुरक्षा समीक्षापछि गान्धी परिवारलाई धेरै खतरा नरहेको पाइएको छ । यही कारणले सुरक्षा संयन्त्रलाई बदल्ने फैसला गरिएको हो । 

गान्धी परिवारको एसपीजी सुरक्षा हटाउने फैसलापछि अब मात्र प्रधानमन्त्री नरेन्द्र मोदीसँग मात्र एसपीजी सुरक्षा रहने भएको छ । अहिले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र गान्धी परिवारलाई मात्र एसपीजीको सुरक्षा प्राप्त थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया