एमसीसीसँगकाे टी-२० मा पनि नेपालकाे फराकिलाे हार

 कात्तिक २३, २०७६ शनिबार १४:३५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल भ्रमणमा रहेको इंग्ल्याण्डको मेरिलबोन क्रिकेट क्लब एमसीसीले टि–२० खेलमा पनि फराकिलाे जित हात पारेको छ । यू–१९ र सिनियर खेलाडी सम्मेलित नेपाली टिमलाई एमसीसीले ११३ रनले हरायो ।

१९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर एक बलमा ७६ रन बनाएर अलआउट भयो । नेपालका लागि कमल सिंंह ऐरीले बनाएको १८ रन सर्वाधिक थियो । अन्य खेलाडीमा सन्दिप जोराले १६, कुशल भुर्तेलले १४, भीम सार्कीले १३ रन बनाए भने आरिफ शेखले चार, अमित श्रेष्ठले एक, रोहित कुमार पौडेलले ६ रन बनाए । 

नेपाललाई पराजित गर्ने क्रममा एड योङले अलराउण्ड प्रदर्शन गरे । ब्याटिङतर्फ ४२ रन बनाएका योङले बलिङमा पनि तीन विकेट लिए । यस्तै ओलिभर हानन डाल्बीले दुई विकेट लिँदा क्रिस राइट र विल रोड्सले एक एक विकेट हात पारे । टस हारेर ब्याटिङको निम्तो पाएको एमसीसीले २० ओभरमा सात विकेट गुमाउँदै १८९ रन बनाएको थियो । 

एमसीसीका लागि विल गडलम्यानले ५४ रनको अर्धशतकीय योगदान दिए । त्यस्तै माइल्स ह्याम्मन्डले २९ रन बनाए । बलिङतर्फ राशिद खानले तीन विकेट लिए भने कमल सिंह ऐरी, जितेन्द्र मुखिया र सुशन भारीले एक एक विकेट हात पारे ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया