कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत
बैशाख १३, २०८१ बिहिबार
टिम इन्डियाको यु–१९ क्रिकेट टिम मंगलबारबाट श्रीलंकाको भ्रमणमा रहेको छ । टिम इन्डियामा महान क्रिकेटर सजिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकर पनि समावेश रहेका छन् । त्यसैले सबैको ध्यान उनकै प्रदर्शनमा केन्द्रित रहेको छ ।
साथै अर्जुन तेन्दुलकरले आफ्नो अन्तर्राष्ट्रिय करियरमा आफ्नो पहिलो विकेट पनि यसै श्रृङ्खलाबाट लिएका छन् । अर्जुनले श्रीलंकासँगको टेस्ट खेलमा कामिल मिसारालाई एलबीडब्ल्यू आउट गराए ।
अर्जुनको यो सफलतालाई सामाजिक सञ्जालमा धेरैले बधाई दिएका छन् । बधाई दिनेहरुमध्ये सचिनका बाल्यकालका साथी तथा क्रिकेटर विनोद कांबली पनि छन् । कांबलीले ट्वीट गर्दै लेखेका छन्, ‘अर्जुनको उपलब्धि देखेर मेरा आँखामा खुशीका आँसु आए । तिम्रो यो सफलताले म एकदमै खुशी छु । यो त केबल सुरुवात मात्रै हो । तिम्रो उज्ज्वल भविष्यका लागि भगवानसँग प्राथना गर्दछु ।’
Tears of joy rolled down when I saw this, have seen him grow up and put in the hard work in his game. Could not be more happy for you, Arjun. This is just the beginning, I wish you tons and ton of success in the days to come. Cherish your first wicket and enjoy the moment.👌 pic.twitter.com/vB3OmbaTWM
— VINOD KAMBLI (@vinodkambli349) July 17, 2018
भारतीय युवा क्रिकेट टिम आजबाट पाँच एकदिवसीय र दुई टेस्ट म्याचका लागि श्रीलंकाको भ्रमणमा रहेको छ ।