महाेत्तरीकाे मटिहानीमा आगलागी, १ सय ५० वटाभन्दा बढी घरगाेठ जले
बैशाख १२, २०८१ बुधबार
नयाँ अफिसमा जागिर लिएको पहिलो दिनको काम गर्न झण्डै २० किलोमिटर यात्रा गर्ने एक युवकले धन्यवाद स्वरुप कार उपहार पाएका छन् ।
अमेरिकाको अलाबामाको होमवुडदेखि पेलहामसम्मको २० किलोटिर यात्रा गरेर पहिलो दिनको अफिसको काम गर्न गएका एक युवकलाई सीईओले धन्यवाद स्वरुप कार उपहार दिएका हुन् ।
ती युवकको इमान्दारिता र लगावको कदर स्वरुप सीईओले उनलाई कार उपहार दिएका हुन् । आइतबार बिहान नयाँ अफिसको कामका लागि निस्केका वाल्टर कार्स बीच बाटोमा नै कार बिग्रेपछि रातभरि हिँडेर नयाँ अफिस पुगेका हुन् ।
बर्मिङ्हम कलेजका विद्यार्थी रहेका ती युवक शुक्रबार बिहान कार बिग्रेपछि हिँडेरै शनिबार बिहान ४ बजे पेलहम पुगेका हुन् । बेल्हप नामको अफिसमा काम गर्न उनी हिँडेरै यात्रा गर्न तयार भएका हुन् किनकी उनलाई जागिर अति आवश्यक भएको थियो ।
उनी हिँडेरै पेल्हम पुगेपछि उनको यात्रामा अचानक परिवर्तन भएको थियो । मध्येरातमा पनि यात्रा गरिहेका उनलाई प्रहरीले भेट्टायो । प्रहरीले उनको संघर्ष सुनेपछि सबैभन्दा पहिला उनलाई प्रहरीले खाजा खुवाएको थियो ।
त्यसपछि प्रहरीले उनलाई आफ्नै घरमा पुर्यायाे। प्रहरीकै सहयोगमा उनी अफिस पुगे । ती युवकको संघर्ष सुनेपछि प्रहरीका श्रीमतीले ती युवाको बारेमा सहनुभूतिपूर्ण शब्दहरु लेखेर पोस्ट गरेपछि उनले कार उपहार पाएका हुन् ।
ती पोष्ट बेल्होप कम्पनीका सीईओ लुके मार्कलिनसम्म पुग्यो । मार्कलिनले कार्सलाई कफी खान लगे । उनले ती युवाको संघर्ष पनि सुने । खासमा सीईओ मार्कलिनले कार्सलाई उनको इमान्दारिता र दृढताप्रति धन्यवाद दिन कफी खाने ठाउँमा लगेका थिए । तर ती युवक त्यतिबेला छक्क परे जब उनलाई मार्कलिनले धन्यवाद स्वरुप एक कार उपहार दिए ।
मार्कलिनले कार्सको इमान्दारिता र दृढताको तारिफ गर्न पनि छुटाएनन् । भावुक भएका ती कार्सलाई मार्कलिनले कारको चाबी दिएपछि एउटै शब्द बोले, ‘सिरियसली’ । ती युवकले उनलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
शक्तिबिक्रम राई ( सुनसरी जिल्ला धरान )
July 17, 2018, 9:05 p.m.हाम्रो देश नेपाल मा पनि यो परिस्थितिको मानव अवस्य छ तर यस्तो मानिस को लागि सहयोग दिने जन्मिन अझै १००० बर्ष लाग्छ भन्दा फरक नपर्ला । जय होस