हरिनास हत्याकाण्ड : ५ जना आरोपी पुर्पक्षका लागि जेल चलान, २ जना सुधार गृहमा

 कात्तिक २५, २०७६ सोमबार १४:५९:१६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - हरिनास गाँउपालिका वडा नम्बर–५, आग्रीडाँडाका महेन्द्र आलेको हत्या आरोपमा पक्राउ परेका १३ जनामध्ये ५ जना पुर्पक्षका लागि जेल चलान भएका छन्  ।

त्यस्तै २ जनालाई सुधार गृह  पठाइएको छ । एक जनालाई अभिभावकको जिम्मा लगाइएको छ भन् त्यस्तै ५ जना साधारण तारेखमा छुटेका छन् ।

गएको असोज २२ गते साँझ वडा नम्बर ५ कै बलिकोटमा सामान्य विवाद कुटपिटमा परिणत हुँदा आग्रीडाँडाका २९ वर्षीय आलेको ज्यान गएको थियो । मोटरसाइकल र जीप एकापसमा ठोक्किएको विषयमा विवाद उत्पन्न भएको थियो ।

हत्या आरोपमा स्याङ्जा जिल्ला अदालतले हरिनास–६, का नरेश मानन्धर, मातृका मानन्धर, विमल मानन्धर, नवीन मानन्धर, र वडा नम्बर ५ का नमनारायण मानन्धरलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

त्यस्तै दुई जनालाई कम उमेर भएको भन्दै पुर्पक्षका लागि बाल सुधार गृह पोखरा कास्की  पठाइएको छ । त्यस्तै एक जनालाई अभिभावकको जिम्मा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) नवीनकृष्ण भण्डारीले जनाकारी दिनुभयो ।  उहाँले हत्या आरोपमा पक्राउ परेका ५ जनालाई भने साधारण तारेखमा छाड्ने आदेश दिएको जानकारी दिनुभयो ।

जिल्ला अदालतले हरिनास–५, का रोशन मानन्धर, चुत्री मानन्धर, डिलनारायण मानन्धर, मिनबहादुर राना र र प्रकाश मानन्धरलाई साधारण तारेखमा छोड्ने आदेश दिएको हो । 

अन्तिम अपडेट: चैत ११, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया