शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
अष्ट्रियन खेलाडी डोमिनिक थिम एटीपी फाइनल्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
दोस्रो वरीयताका नोभाक जोकोभिचलाई २–१ को सेटमा स्तब्ध बनाउँदै थिम फाइनल्समा स्थान बनाउने पहिलो खेलाडी बने ।
पहिलो खेलमा रोजर फेडेररलाई हराएका थिमले जोकोभिचविरुद्धको खेलमा उत्कृष्ट कमब्याक गरेका थिए ।
पहिलो सेट ६–७ (५–७) ले गुमाएका थिमले दोस्रो सेटमा जोकोभिचविरुद्ध ६–३ को सहज जित निकाले । प्रतिस्पर्धात्मक तेस्रो सेटमा ७–६(७–५) ले विजयी भएपछि डोमिनिक थिमले अन्तिम चारको यात्रा पक्का पारे ।
थिमले यसअघि इटालियन खेलाडी माटेओ बेरेटिनी र रोजर फेडेररलाई हराएका थिए । यसअघि बेरेटिनीलाई हराएका फेडेरर र जोकोभिच दुवैको सेमिफाइनल पुग्ने सम्भावना अन्तिम लिग खेलले निर्धारण गर्नेछ ।
सेमिफाइनलमा पुग्नका लागि जोकोभिच र फेडेररबीच प्रतिस्पर्धा हुनेछ । जुन खेलको विजेता यस समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिम बन्नेछ ।