अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ – निजामती कर्मचारीहरुको सेवा अवधि पनि ६० वर्ष कायम हुने भएको छ ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार सिंदरबारमा बसेको बैठकले निजामती सेवाको कर्मचारीको सेवा अवधिको उमेर हद पनि ६० वर्ष पुर्याउने निर्णय गरेको हो ।
निजामती सेवाको कर्मचारीहरुको पनि अवकाश अवधि स्वास्थ्य सेवाका कर्मचारीसरह नै ६० वर्ष पुर्याउने निर्णय गरिएको समितिका उपसचिव सञ्जय दाहालले जानकारी दिनुभयो । तर त्यो हरेक वर्ष ६/६ महिनामा थप गरेर ६० वर्ष पुर्याइनेछ । पदपूर्तिलगायतमा असर नहुने गरी यसको उमेर हद ६/६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नु परेको पनि उपसचिव दाहालले बताउनुभयो ।
समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’ माथि बिहीबार पनि छलफल गरिएको थियो । बैठकले कार्य क्षमता र दूर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई बढुवाका लागि बढी नम्बर दिने सहमति पनि गरेको छ ।