दुई बालिका र एक महिलाको हत्या आराेपमा दुई जना पक्राउ

 कात्तिक २८, २०७६ बिहिबार १६:४७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी - गुल्मीको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा दुई बालिकासहित एक महिलाको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ गाल्कोट नगरपालिका ८ ज्यामिरेका ४६ वर्षीय पुर्णबहादुर सुनार र त्यही ठाउँका माधव सुनार रहेको प्रहरीले जनाएको छ ।  

दुबै जनालाई बुधबार राति पोखराको हेम्जाबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिनुभयो ।हत्यामा संलग्न एक जना भने अझै फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । 

यसैबीच हत्या हुनेमा महिला र उनको २ छोरी रहेको खुलेको छ । मोरङ्को कानेपोखरी ३ हरकपुर घर भई अहिवले पोखरा उप–महानगरपालिका २५ लामाचौतारामा बस्दै आउनुभएकी ३२ वर्षीय सरिता लिम्बु र उनको जुम्ल्याहा छोरीहरु ७ वर्षीया गंगा मगर र जमुना मगरको हत्या भएको हो ।  

आमाछोरीको शव गएको कात्तिक १६ गते चन्द्रकोट गाउँपालिका ३ को हर्राचौरको आलुखरिया जंगलमा फेला परेको थियो ।   
   
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया