आज देशका केही ठाउँमा पानी पर्ने

 साउन २, २०७५ बुधबार ८:५१:४० | उज्यालो सहकर्मी

काठमाडौं – अहिले देशभरकै मौसम बदली भएको छ । उपत्यकाका केही ठाउँमा हल्का पानी परिरहेको छ । तर मनसुन कमजोर भएकाले आज केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार मनसुन कमजोर भएकाले धेरै ठाउँमा पानी परेको छैन । गएको २४ घण्टामा लुम्लेमा ६८ मिलिमिटर पानी पर्दा, जिरीमा २० दशमलब ५ र जोमसोममा ४ दशमलब ८ मिलिमिटर पानी परेको छ ।

अरु ठाउँमा फाट्टफुट्ट वर्षा भएको छ । आज पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया