च्यालेन्जर्स कपमा नेपालले पायो २५९ रनको लक्ष्य

 मंसिर १, २०७६ आइतबार १३:२९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा भइरहेको च्यालेन्जर्स कपमा नेपाली यू १९ ले २५९ रनको लक्ष्य पाएको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारत पहेँलोले निर्धारित ५० ओभरका खेलमा ६ विकेट गुमाएर २ सय ५९ रन बनाएको हो ।

यी दुई टिम तेस्रो स्थानका लागि प्रतिस्पर्धामा छन् । भारतका सौरभ कुमारले अविजित ५८ रनको अर्ध–शतकीय पारि खेले । यसैगरी सुवंग समर्थले पनि नट आउट ३६ रनको योगदान गरेका थिए ।

यसैगरी विक्रान्त सिंह ५० रनमा आउट हुँदा आर्य सिंह ३१ रनमा पभेलियन फर्किए ।

नेपालका लेगस्पिनर सागर ढकालले ३ विकेट लिँदा कुशल मल्लले २ विकेट हात पारे । पहिलो पटक यू १९ खेलिरहेका विवेक कुमार यादवको नाममा एक विकेट रह्यो ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया