पूर्वराजा ज्ञानेन्द्र नाइट क्लबमा नाचेपछि...

 मंसिर २, २०७६ सोमबार ८:३८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एलओडी नाइट क्ल्बको फेसबुक पेजबाट ।

काठमाण्डौ – पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एउटा नाइट क्लबमा नाचेको फोटो र भिडियो सार्वजनिक भएको छ । परिवारका सदस्यसहित नाइट क्लबमा पुगेका ज्ञानेन्द्र सहभागीहरुसँग हात समाउँदै, नाच्दै गरेको फोटो र भिडियो एलओडी नाइट क्लबले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहको साथमा बुहारी हिमानी तथा छोरी प्रेरणा पनि छन् । 

तस्बिर : एलओडी नाइट क्लब

ज्ञानेन्द्र र हिमानी नाचेको भिडियो र फोटो सार्वजनिक भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रशंसा गर्नुभएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ : राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा । जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने। संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक-राजसंस्था ।

तस्बिर : एलओडी नाइट क्लब

तस्बिर : एलओडी नाइट क्लब

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • रघु राज वन्त

    Nov. 19, 2019, 10:12 a.m.

    अहा क्या राम्रो राजशाही डान्स । यो क्लबको राम्रो बिज्ञापन भयो...

  •  0 Reply

तपाईको प्रतिक्रिया