नेता र मन्त्रीले नै घुस खाँदा देशकाे सबै क्षेत्र बिग्रियाे : पूर्व प्रधानमन्त्री नेपाल

 मंसिर २, २०७६ सोमबार १५:१३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफै संलग्न रहेको आरोप लगाउनु भएको छ ।

नेता, मन्त्रीहरु आफैले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले देशको सबै क्षेत्र बिग्रेको पूर्व प्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ नेता नेपालले दाबी छ ।

‘कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरु आफै संलग्न छन्’, सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालको भन्नुभयो, ‘यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ ।’

वरिष्ठ नेता नेपालले स्थानीय तहमा करोडौँको बजेटमा लुट मच्याउने काम भैरहेको उल्लेख गर्दै कडा कारबाही गर्न पनि सरकारसँग माग गर्नुभयो । स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाइरहेकाले सरकारले उनीहरुमाथि कडा कारबाही गर्नुपर्ने वरिष्ठ नेता नेपालको भनाइ छ । उहाँले देशमा लुट मच्चाउनेहरुको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म देशमा सुशासन हुन नसक्नेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

वरिष्ठ नेता नेपालले स्थानीय तहले कृषि, पशुपालन र कृषकलाई अनुदान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया