न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
यूएईमा जारी टी १० क्रिकेटअन्तर्गत तेस्रो खेलमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम कर्नाटका टसकर्स ५ विकेटले पराजित भएको छ ।
कर्नाटकाले दिएको १११ रनको लक्ष्य डेक्कन ग्लाडियटर्सले ९ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको थियो । डेक्कनका काइरन पोलार्डले सन्दीपको एकै ओभरमा ३० रन प्रहार गरेका थिए ।
पहिलो ओभरमा ५ रन दिएका सन्दीपलाई दोस्रो ओभरमा पोलार्डले सुरुदेखि चौथो बलसम्म लगातार छक्का प्रहार गरेका थिए । टिमको छैटौं ओभरमा अन्तिम ओभर लिएर आएका सन्दीपको बलमा पोलार्डले पहिलो देखि चौथो बलसम्म लगातार छक्का प्रहार गरेका थिए । पाँचौं बलमा चौका दिएका सन्दीपले अन्तिम बलमा पनि २ रन खर्चिए ।
सन्दीपको टिम कर्नाटका टसकर्सले पहिला ब्याटिङ गर्दै ३ विकेट गुमाएर ११० रन बनाएको थियो ।
डेक्कनका लागि पाेलार्डले नटआउट रहँदै २२ बलमा ४५ रन बनाएका थिए । त्यस्तै भानुका राजापाक्षले २७ रन बनाए ।