सप्तरी र गुल्मीमा डुबेर दुईजनाको ज्यान गयो
बैशाख ८, २०८१ शनिबार
बैतडी - बैतडीमा मरेको कुखुराको मासु खाँदा एक जनाको ज्यान गएको छ । त्यस्तै एकै परिवारका ९ जना बिरामी परेका छन् । पुर्चौंडी नगरपालिका वडा नम्बर–२, जरसौंमा शनिबार साँझ मरेको कुखुराको मासु खाँदा एक जनाको ज्यान जानुका साथै ९ जना बिरामी परेका हुन् ।
शनिबार साँझ कुखुराको मासु परिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेको स्थानीय केशव पन्तले जानकारी दिनुभयो । मासु खाएपछि बान्ता हुने, झाडापाखलालगायतका लक्षण देखिएको उहाँले बताउनुभयो । शनिबार रातिदेखि नै बिरामी परेकी १५ वर्षीया पुष्पा पार्कीको सोमबार ज्यान गएकोे पन्तले जानकारी दिनुभयो ।
बिरामीहरुलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले औषधि दिए पनि ठिक नभएपछि थप उपचारका लागि हाट स्वास्थ्य चौकीमा लगेको उहाँले बताउनुभयो ।
कुखुराको मासु सेवनपछि बिरामी हुनेमा ७० वर्षीय पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीया जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीया सपना पार्की रहेका छन् ।
७० वर्षीया पार्वती बाहेक सबैलाई उपचारका लागि हाट स्वास्थ्यचौकी लगिएको महादेवस्थान स्वास्थ्यचौकीले जनाएको छ ।