कामदारको तलब र बीमाकाे 'कभरेज' बढाउन कतारसँग श्रममन्त्रीको आग्रह

 साउन २, २०७५ बुधबार १२:५५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद र श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री गाेकर्ण विष्ट

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कतारमा रहेका नेपाली कामदारको तलब सुविधा वृद्धि गर्न आग्रह गर्नुभएको छ । 

त्यसैगरी मन्त्री विष्टले २४ सै घण्टा कभरेज हुने गरी बीमा सुविधा उपलब्ध गराउन पनि कतारसँग आग्रह गर्नुभएको छ । कतारका रोजगारदाता कम्पनीले अहिलेसम्म काम गर्ने समयको मात्रै बीमा कभरेज हुने प्रावधान राखेको छ । 

नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मदसित मंगलबार भेट गर्दै मन्त्री विष्टले नेपाली श्रमिकको पारिश्रमिकलाई समयानुकूल वृद्धि गर्नुपर्ने विषयमा जोड दिनुभएको हो । 

भेटमा मन्त्री विष्टले नेपाल सरकारले भर्खरै न्यूनतम पारिश्रमिकमा वृद्धि गरेको सन्दर्भ स्मरण गराउनुभयो । सरकारले साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्युनतम पारिश्रमिक बढाएको छ । 

त्यसैगरी मन्त्री विष्टले २४ सै घण्टा कभरेज हुने गरी बीमा सुविधा उपलब्ध गराउन पनि कतारसँग आग्रह गर्नुभएको छ । कतारका रोजगारदाता कम्पनीले अहिलेसम्म काम गर्ने समयको मात्रै बीमा कभरेज हुने प्रावधान राखेको छ । 

काम गरेभन्दा अरु समयमा दुघर्टना वा अन्य भवितव्यमा परे नेपाली कामदारले बीमावापतको क्षतिपूर्ति पाउँदैनन् । भेटमा कतारमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर र सम्भावनाबारे छलफल समेत भएको थियो । 

याे पनि पढ्नुहाेस् 

कतारमा हुने विश्वकपमा नेपाली सुरक्षा गार्ड लैजान प्रस्ताव
 

अन्तिम अपडेट: चैत ६, २०८०

2 Comments

  • Kuldip kc

    July 20, 2018, 2:50 p.m.

    Qatar midmac contracting company ma karryarat sampurna labour ko masik talab 700 qr xa khana basna aru subida sab thik xa tara nepali labour ko talab kamti xa maina ma 700 qr thappna dainik 11 ghanta time kharchinu parxa raj overseas le yesto salary ma aauna 1 jana barabar 1lakh mathi linxa tara yata company ma vane sab free visa free ticket dinxa

  •  0 Reply
  • जिबन पाण्डे

    July 19, 2018, 5:19 a.m.

    मैले कतारको राजधानी दोहामा १८/१९ बर्ष देखि एक नाम चलेको कफि सपमा काम गर्दै आएको छु,यहॉ ईजिप्सेनको वाहुल्यता कारण र मेनेजर पनि उहि देशको भएकोले अहिले सम्म कुनै पनि,कतार सरकारले दिएको सेवा सुबिधा उपभोग गर्न कसैले सकेका छैनन।तलब सुबिधा पनि राम्रो छैन,यत्रो साल मैले काम गर्दा जम्मा मलाई २०००/-रियाल दिएको छ।न हप्तामा न महिनामा नत साल भर छुट्टी छ,१२ घण्टा रेगुलर काम गर्नु पर्छ।कुने ओभर टायम हुदैन। बिमारी हुदा बडा कष्टले एक वा बढिमा २ दिन छुट्टी पाईन्छ।औषधी खर्च आधा आफुले बेहोर्नु पर्छ।कसले आएर हेरी दिने हामीलाई,,,???

  •  0 Reply

तपाईको प्रतिक्रिया